जनसिद्धका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा ब्लु स्काईकाे शैक्षिक सामाग्री

पाेखरा | बैशाख १८, २०८०

जनसिद्धका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा ब्लु स्काईकाे शैक्षिक सामाग्री

पोखरा:   लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो ।

 

क्लबले विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई झोला, स्टेसनरी सामान र कपडा सेट गरि ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबका अध्यक्ष कमल सुवेदीले जानकारी दिए ।

 

सुवेदीका अनुसार उक्त रकम क्लबका सदस्य बैकुण्ठ पौडेलले सहयोग गरेका थिए ।

 

कार्यक्रममा जनसिद्ध आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक कुमारी क्षेत्रीले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

 

त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले संस्थालाई सबैको साथ र सहयोगले नै विगत देखि यस्ता कार्यहरु गर्न सफल भएको बताए । साथै निम्न वर्गीय र सहयोगको आवश्यकता भएकालाई सहयोग गर्नुपर्ने उद्देश्यका साथ ब्लु स्काई स्थापना भएको उनको भनाई थियो ।

 

त्यसैगरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य बैकुण्ठ पौडेललाई क्लबका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीले आभार व्यक्त गरे ।

 

कार्यक्रममा रामजी पौडेलले गीत गाएर विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन गराएका थिए  ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्